२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाभाइरस विरुद्धको खोपको दोस्रो डाेज वैशाख ७ गतेदेखि,नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक

कोरोनाभाइरस विरुद्धको खोपको दोस्रो डाेज वैशाख ७ गतेदेखि,नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक

सार्क राष्ट्रमा माल्दिभ्स अगाडी


काठमाडौं । सरकारले पहिलो चरणमा कोरोराभाइरस विरुद्धको खोप लगाएकाले दोस्रो डाेज आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएकाे  छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले  मन्त्रालयले शुक्रबार आयोजना गरेको ‘नेपालमा खोप अभियान’ विषयक अन्तरक्रिया कार्यक्रममा  खोपको पहिलो  डाेज लगाएले ८ हप्तापछि दोस्रो डाेज लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको जानकारी गराउनु भयो ।

माघ र फागुनमा पहिलो डोज लगाएको ८ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो डोज आउदो वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।

पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । सो खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतले खोप लगाएका थिए । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको र खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी गराए ।

उनका अनुसार थप ५० लाख मात्रा खोप खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । यसअघि भारतको सेरम इस्चिस्युट कम्पनीले उत्पादन गरेको ‘कोभिशिल्ड’ खोप २० लाख किनेकोमध्ये १० लाख आइसकेको छ । सो खोप यही फागुन २३ गतेदेखि ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

सहप्रवक्ता डा अधिकारीले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख मात्रा खोप पनि आउने जानकारी दिए । उनका अनुसार यसअघि खोप अभियान सञ्चालन गरेर दादुरा-रुबेला, बिफर, जापानीज इन्सेफेलाइटिस रोगलाई निवारण गरेकोले कोभिड-१९ लाई पनि खोपले नै नियन्त्रण गर्ने उनकाे दाबी रहेकाे छ । उहाँले खोपबारे जनसमुदायमा बुझाउन नसक्दा शुरुमा खोप नलगाउन मानिस हिच्किचाएकोसमेत बताए ।

 

त्यस्तै स्वास्थ्य संगठन नेपालका नेशनल प्रोफेशनल अफिसर डा. राहुल प्रधानले विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा खोप अभियानको अवस्था सन्तोषजनक देखिएको बताएका हुन् ।

सार्क राष्ट्रमा माल्दिभ्स अगाडी

सार्क राष्ट्रमा  सबैभन्दा बढी माल्दिभ्समा खोप लगाइएको छ । माल्दिभ्समा २२.८८ प्रतिशत, श्रीलङ्कामा २.५९, बङ्गलादेशमा २.०३, भारतमा १.१३ र पाकिस्तानमा ०.०३ प्रतिशत जनताले खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ