२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्पोरेसनले बढायो चिनीको कोटा

कर्पोरेसनले बढायो चिनीको कोटा


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रिका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि कोटा’ बढाएको छ ।

कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पुर्‍याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।कर्पोरेसनका व्यवस्थापक व्रजेश झाले हालसम्म पाँच सयभन्दा बढी खुद्रा पसलले आठ हजार बोराभन्दा बढी चिनी बिक्रिका लागि कर्पोरेसनबाट खुुद्रा व्यापारीमार्फत बजारमा गइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्ता भएका पसलहरूले कर्पोरेसनबाट चिनी लिन सक्छन् । कर्पोरेसनले सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी ११२ रुपियाँ ५० पैसामा खुद्रा पसललाई चिनी बिक्रि गरेको जनाएको छ । विभिन्न पेय पदार्थ र जुुस उत्पादन कम्पनीले चिनी उद्योगीसँग खरिद गरेर उद्योगमै राखेको चिनी हाल तिहार र छठलाई अभाव नहोस् भनेर सरकारको विशेष पहलमा कर्पोरेसनमार्फत बजारमा पठाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुुरले जानकारी दिनुुभयो । गएको एक साताको बिचमा उद्योगमार्फत तीन हजार मेट्रिक टन चिनी कर्पोरेसनमार्फत बजारमा आएसँगै चिनी सहज हुँदै गएको उहाँले दाबी गर्नुुभयो ।

उहाँका अनुसार बजारमा पर्याप्त चिनी आइसकेकाले नेपाल र भारत सरकारले जिटुुजी गरेको चिनी आउन केही ढिला भए पनि समस्या हुँदैन । अहिले बजारमा चाहिने जति चिनी छ । उक्त चिनीको खुुद्रा मूल्य प्रतिकेजी ११५ रुपियाँ तोकिएको छ । कर्पोरेसनले असोज तेस्रो सातादेखि चाडपर्वलक्षित सहुलियत मूल्यको चिनी प्रतिकेजी ९७ रुपियाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्रि गर्दै आएको छ । कर्पोरेसनका अनुसार सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी कर्पोरेसनले आफ्ना सहुलियत मूल्य पसलमार्फत उपभोक्तालाई बिक्रि वितरण गरेको हो ।

दसैँतिहार, छठ जस्ता मुख्य चाडपर्वमा देशभर ३५ हजार मेट्रिक टन चिनी खपत हुने गरेको आँकडा छ तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् । त्यसो त सरकारले कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत भारतसँग जिटुजीमार्फत २० हजार मेट्रिक टन चिनी आपूर्तिका लागि अनुमति दिइसकेको छ । खाद्य कम्पनीले पनि थाल्यो चिनी बेच्नखाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चिनी बिक्रि गर्न थालेको छ । कम्पनीले कर्पोरेसनसँग चिनी लिएर प्रतिकेजी एक सय रुपियाँमा बिक्रि गर्न थालेको हो ।

कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले केही दिनदेखि बजारमा चिनीको अभाव भएकाले तत्काल अभाव चिर्न कर्पोरेसनबाट चिनी खरिद गरेर बिक्रि सुरु गरेको जानकारी दिनुुभयो । उहाँका अनुसार उक्त चिनी प्रतिउपभोक्ता दुुई केजीका दरले उपलब्ध गराउँदै आएका छौँ । कम्पनीको थापाथली केन्द्रमा चिनी उपलब्ध भएको छ । दसैँअघि प्रतिकेजी ९७ रुपियाँमा चिनी बिक्रि गरेको कम्पनीले मौज्दात सकिएको भन्दै बिक्रि बन्द गरेको थियो ।

गोरखापत्रमा प्रकाशित समाचारको साभार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ