२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसर्वोच्च अदालतको ऐतिहासिक निणर्य,१३ दिनभित्र संसद बैठक बोलाउन आदेश

सर्वोच्च अदालतको ऐतिहासिक निणर्य,१३ दिनभित्र संसद बैठक बोलाउन आदेश


काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निणर्यलाई बदर गरी पुनः स्थापना गर्ने फैसला गरेको हो ।

प्रधानन्यायाधीश जबराले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेका छन् । गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषय केन्द्रित बहस शुरु भई यही फागन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ