काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्ने कठिन भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश नगराएको र कसैलाई लाभ हुने गरी करका दर पनि हेरफेर नगरेको बताए ।
उनले आफ्mुुले पाएको जिमेम्वारीलाई कर्तव्य निष्ठाताका साथ पूरा गर्ने बताएका छन् ।
मन्त्री महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माण प्रक्रियमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराएर करको दर हेरफेर नगरेको बताए ।
पूर्वनासु श्रेष्ठ बजेट निर्माण प्रक्रियाको अनुभवी,दक्ष र इमान्दार जनशक्त्ति भएकाले आफु मन्त्री हुनु अगाडी नै सरकारले नै नियुक्त गरेको बताएका छन् ।
उनले बजेट निमाण गर्ने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको बताए गरेका छन् ।
उनले हरेक बर्ष बजेट बनाउने क्रममा व्यापारी र आयतकर्ताले करको दर बढ्न सक्ने अनुमान गरेर सक्छ भन्ने अनुमानमा गाडी ल्याउँछ भने त्यसलाई सूचना चुहायो नमिल्ने भनेका छन् ।
अर्थमन्त्री महतले कर बढ्न सक्ने अनुमानमा कसैले आयात गर्छ भने त्यसको जिम्मेवारी आफूले लिन नसक्ने बताएका छन् ।
उनले पेट्रोलियम सवारीको तुलनामा विद्युतीय सवारी साधनको कर अहिले पनि निकै कम भएको ‘यो कर समायोजनले इभी छाडेर पेट्रोलियम बेसको गाडी किन्न कोही जानेवाला छैन ।’