२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक


काठमाडौं । खल्तीले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्ती बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको हो ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन्।

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्स को बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरशिप जित्न सक्नेछन्।

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरि ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउदै पल्सर एन१६० जित्न पनि योग्य हुनेछन्। साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा एक सय भन्दा माथिको कुनै भुक्तानीमा करोडौँको उपहार र कुपनहरू भएको स्क््याच कार्ड प्राप्त गर्नेछन्।

यस अफरका बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्का भन्नछन “खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको बिभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ। यसका साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले यस अभियानमा विषेश अफरहरु प्रदान गर्दैछौँ।”

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन्।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ८५ हजार भन्दा बढी एजेन्ट, ६५ हजार भन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, १,१०० भन्दा बढी सहकारीहरू र ३००भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ