२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगाउँपालिका स्तरीय बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम

गाउँपालिका स्तरीय बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम


धादिङ ः उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांकृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री सम्बत २८५७ लाङ (ल्हो) सोनाम ल्होछारको अवसरमा कार्यक्रम हुन लागेको हो ।
‘संस्कार र संस्कृतिको पहिचान, पहिचानलाई जगेर्ना रुबिभ्यालीको अभियान’ भन्ने मुल नाराको साथ माघ ३० गतेदेखि फाल्गुन २ गतेसम्म हुन लागेको हो । कार्यक्रममा लामा नाच, झाँक्री नाच, म्हानेदोरा नाच, डोका नाच, मारुनी नाच, ताबु नाच, बोमो सोमो, साईखोले लगायत गाउँपालिका स्तरीय महिला भलिबल प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।
गाउँपालिकाको व्यवस्थापन तथा आर्थिक सहयोगमा, सन्ध्याफिल्म्स एन्ड मिडिया प्रा.लि.को आयोजना तथा नमस्ते च्याम्र युवा समाज सेर्तुङको सह आयोजनामा कार्यक्रम हुन लागेको हो ।
त्यस्तै लोप हुन लागेको म्हेन्दो माया नृत्य, मौलिक संस्कृति, गुरुङ समुदायको घाटु तथा मारुनी नाच, दलित समुदायको मारुनी नाच लगायत परम्परागत झाँकी तथा विभिन्न प्रस्तुतीहरु हुने जनाएको छ ।
गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृितक पहिचानलाई प्रवद्र्धन गर्दै नव युवाहरुको प्रतिभा प्रस्फुटन गराउन र पुराना धार्मिक एवं सांस्कृतिक सम्पदालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीको जानकारी दिनुभयो । साथै सबै तहका र समुदायका ब्यक्तिहरु बीच सम्बन्ध सुमधुर राख्न, सांस्कृतिक रुपमा र भावनात्समक रुपमा सबैलाई एउटै सुत्रमा बाँधी रुवीभ्यालीको समृद्ध विकास निर्माणमा सवैलाई एकता बद्ध हुन समेत यो कार्यक्रमले एक सन्देश दिने नेगीको बताउनुभयो ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि ख्याति प्राप्त चर्चित कलाकारहरु सागर एस. वाईबा, म्हेन्दोमाया कलाकार संघ नेपालका केन्द्रीय अध्यक्ष नृत्य निर्देशक तथा तामाङ नायक राजकिङ वाईबा, बिकल तामाङ, आरम्भ तामाङ, रोज गोम्जा, देव ठोकार, छिमी मम्बो तामाङ लगाएतको उपस्थिति रहने जनाएको छ ।
कार्यक्रममा पुर्व गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यता रहनेछ भने गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ, उपाध्यक्ष बिना तामाङ लगायतको उपस्थिती रहने छ ।


क्याटेगोरी : समाचार, समाज



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ