गृहपृष्ठ ∕ समाचार ∕ सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै Karobarpati मंगलबार, २०७९ माघ १० गते, ११:२२ मा प्रकाशित काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ट्रेण्डिङ सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत छिमेक लघुवित्तले बढायो नाफा खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत युनिक नेपाल लघुवित्तको लाभांशको घोषणा राजश्व अनुसन्धान विभागका शाखा अधिकृत गैरकानुनी आर्जनमा दोषी ठहर मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत