२०८० फागुन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने

कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
पुस ३ गते शुक्रबार बसेको बैक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ ।

अहिले बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने ४.४० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ