काठमाडौ । एनएमबि बैंक लिमिटेडको २७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा सभा सम्पन्न भएको हाे ।
बैंकको सञ्चालक समितिको अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्व आयोजित उक्त सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।
उक्त वार्षिक साधारण सभाले आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ ।
बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप . १८६.४० अर्ब र कर्जा . १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।