गृहपृष्ठ ∕ समाचार ∕ घट्यो पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य Karobarpati आईतबार, २०७९ पुस २४ गते, २०:३० मा प्रकाशित काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ । निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल आयल निगम तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन