काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार वाणिज्य बैंकहरु निक्षेप ४६ खर्ब ७५ अर्ब पुगेको छ ।
मंगलबार वाणिज्य बैंकहरूको निक्षेप ४६ खर्ब ६८ अर्ब रहेकोमा बुधबार भने निक्षेप ७ अर्बले बढेर ४६ खर्ब ७५ पुगेको छ । त्यस्तै, विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ६ खर्ब २७ अर्ब रहेकाे छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५३ खर्ब २ अर्ब पुगेको छ ।
गत मङ्सिरको अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५२ खर्ब ५१ रहेको थियो । पछिल्लो समय बैक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन बढ्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६७ अर्ब रहेको छ । जसमा वाणिज्य बैंकहरूको कर्जा लगानी ४२ खर्ब २१ अर्ब र विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ४६ अर्ब रहेकाे छ ।
यस अबधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६.५६ प्रतिशत छ । अन्तर बैंक ब्याजदर भने ६.८३ प्रतिशत कायम भएको छ ।