२०८१ असोज १८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम

आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम दिएको छ ।

आशाले मंसिर ७ गते देखि पौष २० गते सम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्विनी प्रदेश अन्तरगतको २१ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम संचालन गरेको छ ।

वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरु मध्ये १ हजार ८५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, कुसन तथा भाडा माझ्ने सावुन बनाउने तालिम प्रदान गरेको हो ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलबाट संचालित उक्त तालिममा सहभागीहरुले कम लागतमा बिभिन्न सामानहरु उत्पादन गर्ने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालसम्म यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ३ हजार ७ सय ८५ जना विपन्न महिलाहरुलाई यस प्रकारका निशुल्क सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे । साथै यस कार्यक्रम पश्चात सदस्यहरुको लघुब्यवसायमा बृद्धी भई उक्त क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृती प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी- ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्व ८३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आशा लघुवित्त वित्तीय संस्था, #बद्री प्रसाद दुलाल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ