२०८२ वैशाख २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराजस्व छलीमा मुद्दा दायर

राजस्व छलीमा मुद्दा दायर

बुझाउनुपर्ने राजस्व नबुझाई अर्कोे फर्मबाट समेत कारोबार


काठमाडौ । राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका-११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।

विभागले उच्च अदालत पाटनमा पेस गरेको अभियोगपत्रमा महर्जनविरुद्ध छ करोड १७ लाख ९२ हजार रुपियाँ बिगो दाबीसहित हदैसम्मको कानुनी सजायको माग गरिएको छ ।

महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बीजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गर्ने गरेको र सोअनुसार सरकारलाई तिनुपर्ने कर नतिरी राजस्व चुहावट गरेको अभियोग विभागले लगाएको छ ।

 

राजस्व अनुसन्धान कार्यालय बुटवलले पनि उच्च अदालत तुलसीपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको विभागले जनाएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-३ बस्ने पुनित बानियाँले सिद्धार्थनगर गल्लामण्डीमा रहेको सुमित एन्ड स्वयता ट्रेडर्समार्पmत राजस्व अपचलन गर्ने गरेको अभियोगमा ३३ करोड तीन लाख पचास हजार रुपियाँ बिगोदाबीसहित मुद्दा दायर गरिएको छ ।

अभियोगपत्रअनुसार बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सोबमोजिमको करयोग्य आयमा लाग्ने कर रकमसमेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरेको उल्लेख छ । त्यस्तै अन्य विभिन्न फर्म प्रयोग गरी अवैध तवरले केही समय कारोबार गर्ने गरेको र उक्त फर्मले बुझाउनुपर्ने राजस्व नबुझाई अर्कोे फर्मबाट समेत कारोबार गरेको देखिएको कार्यालयले जनाएको छ ।

 

बानियाँले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्यले विभिन्न फर्म सञ्चालन गरी सरकारलाई नियमानुसार बुझाउनु पर्ने राजस्व नबुझाई निरन्तर एकपछि अर्को फर्मबाट कारोबार गर्दै आइरहेको पाइएको विभागको दाबी छ ।

आजको गोरखापत्रमा प्रकाशित समाचारबाट साभार  गरिएकाे 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ