काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन।
प्रधानमन्त्री दाहाललाई आफ्नो दल नेकपा माओवादी केन्द्रको ३२, नेकपा एमालेकाे ७८, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २०, राष्ट्रिय प्रजातन्त्र पार्टीकाे १४, जनता समाजवादी पार्टीकाे १२, जनमत पार्टीकाे ६, राष्ट्रिय उन्मुक्ति पार्टीको ४,र स्वतन्त्रका अमरेशकुमार सिंह, प्रभु साह,किरण कुमार साहसहित प्रतिनिधिसभाको १६९ सांसदको समर्थन छ ।
सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।