गृहपृष्ठ ∕ समाचार ∕ यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण Karobarpati शुक्रबार, २०७९ मंसीर २ गते, १९:५६ मा प्रकाशित नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए । ‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए-२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ-दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ४ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ५ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ६ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ? पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम