गृहपृष्ठ ∕ समाचार ∕ यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण Karobarpati शुक्रबार, २०७९ मंसीर २ गते, १९:५६ मा प्रकाशित नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पुर्याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो । निगमको मङ्सिर १ गते (बिहीबार)को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए । ‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए-२३९को काठमाडौँदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ-दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ”, प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।” अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २६७२ सहित थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि