२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने


काठमाडौं । सरकारले सरकारी अस्पतालबाट कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निणर्य गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निणर्य गरेको हो ।

साथै केही समय अघि सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैंले गर्नुपर्ने निणर्य गरेको थियो । उक्त निणर्य पश्चात् सरकारको चर्को आलोचना भएको थियो ।

अझै कतिपय निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्चको दररेट नै सार्वजनिक गरेका थिए । यस्तै सर्वोच्च अदालतले पनि असोज १५ गते कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेश आएसँगै सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन खारेजभएसँगै सरकारले यो निणर्य गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ