२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने

ग्लोबल आईएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभंश दिने


काठमाडौं । ग्लोबल आईएमई बैंकको सञ्चालक समितिको कात्तिक ६ गते बसेको बैंठकले आफ्ना सेयरधनीलाई लाभंश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफा तथा जनता बैंकलाई मर्ज गर्दा आएको वार्गेन गेनबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ भने जसमा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ हुनेछ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुने बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ