२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविधुत प्राधिकरणलाई पुनको आग्रह चाडपर्वमा कतै बत्ति ननिभोस्

विधुत प्राधिकरणलाई पुनको आग्रह चाडपर्वमा कतै बत्ति ननिभोस्


काठमाडौं । बडादसैंको अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन्।

चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले प्रधिकरणलाई निर्देशन दिएका छन् ।

“दसैंका बेला कहीँ पनि विद्युत् काटिने समस्या नआओस्,” प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, “मलाई विश्वास छ, विद्युत् प्राधिकरणले प्रवाह गर्ने सेवाबारे गा्रहाकबाट कुनै गुनासो आउने छैन।”

प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी,दक्ष र कर्मशील ,कर्मचारी रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनले व्यक्त गरे। उनले प्राधिकरणको उत्पादन, प्रसारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घण्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न अनुरोध गरे ।

मन्त्री पुनले भने “जहाँ समस्या आउँछ, त्यहाँ तत्काल समाधान गराउनूस्,” निमित्त कार्यकारी निर्देशक कोइरालालाई मन्त्री पुनले भने, “त्यसका लागि सञ्चालक समितिबाटै नीतिगत निणर्य गर्नुपर्ने भए मलाई खबर गर्नुस्।”

मन्त्री पुनले कोरोना संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले गत चैतमा लकडाउन घोषणा गरेलगत्तै प्राधिकरण सञ्चालक समितिले भारप्रेषण केन्द्रसहित संवेदनशील निकायका प्राविधिक कर्मचारीलाई आइसोलेसन वा क्वारेन्टिनमा राखेर काम गराउने निणर्य गरेको स्मरण गर्दै पूर्वतयारीकै कारण विद्युत् सेवा प्रवाह प्रभावित नभएकामा खुसी व्यक्त गरे।

“भारप्रेषण केन्द्र, नो लाइट र प्राधिकरणको मुख्यालयमा महामारी फैलिए कसरी प्रणाली जोगाउने भन्ने हाम्रो मुख्य चिन्ता थियो,” मन्त्री पुनले भने, “सञ्चालक समितिले योजनाबद्ध रुपमा आफ्नै आइसोलेसन र क्वारेन्टिन बनाउने निणर्य गरेका कारण समुदायमा व्यापक रुपमा कोरोना महामारी फैलिँदासमेत प्राधिकरणको सेवा अवरुद्ध भएको छैन।”

महामारीका कारण ९० लाख विद्यार्थीले घरबाटै अनलाइन कक्षा लिइरहेको र तीमध्ये कतिपय परीक्षामासमेत सामेल भइरहेकाले विद्युत् सेवा अनियमित हुँदा उनीहरुको भविष्यमा के असर पर्छ भन्नेबारे सोचेर काम गर्नुपर्ने मन्त्री पुनको भनाइ रहेको थियो। उनका अनुसार बडादसैं सकिएपछि तिहारका लागि पुनः अर्को बैठक बसेर योजना तय गरिने छ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय प्रणालीमा पर्याप्त मात्रामा विद्युत् उपलब्ध रहेको जानकारी दिँदै विद्युत् सेवा नियमित गराउनका लागि इमान्दारीपूर्वक काममा खटिन प्राधिकरणका सबै तहका कर्मचारीलाई अनुरोध गरे।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले कोरोना महामारीका कारण उद्योगहरु पूणर्क्षमतामा नचलेका कारण विद्युत् मागको चाप गत वर्षको यही समयका तुलनामा कम रहेको छ भने माग कम रहेको तथा वितरण र प्रसारणको अवस्था राम्रो रहेकाले चाडपर्वका समयमा विद्युत् सेवा अनियमित हुने कुनै सम्भावना नरहेको कोइरालाले जनाकारी दिए ।

भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईले हाल प्राधिकरण र निजी क्षेत्रको गरी एक हजार ११० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा रहेको र माग भने सातदेखि आठ सय मेगावाटसम्म मात्र रहेको बताए । विद्युत् पर्याप्त रहेकाले सेवा अनियमित हुने कुनै सम्भावना नरहेको भट्टराईले स्पष्ट गरे। प्राधिकरण, प्रसारण निर्देशनालयका प्रमुख चौधरीले प्रणालीमा कुनै समस्या नरहेको बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ