गृहपृष्ठ ∕ समाचार ∕ एनआईसी एशिया बैैंकद्धारा २० प्रतिशत लाभांश प्रस्ताव एनआईसी एशिया बैैंकद्धारा २० प्रतिशत लाभांश प्रस्ताव Karobarpati मंगलबार, २०७७ कात्तिक ४ गते, २१:५३ मा प्रकाशित काठमाडौं । एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट सेयरधनी लाई चुक्तापूँजीको २० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आजं(कात्तिक ४ गते) बसेको संचालक समितिको ४६० औं बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले २० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निणर्य गरेको छ । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड रहेको बैंकले रु. १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश वितरणको निणर्य गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ । बैंकले गत आव. २०७६/७७ मा प्रति शेयर आम्दानी ३१.८९ रुपैयाँ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ वार्षिक बिन्दुगत आधारमा ज्यादै कम वाणिज्य बैंकहरू मध्ये यस बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको थियो । बैंकको स्व-पुँजीमा प्रतिफल १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व-पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा