काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको उपाध्यक्षमा मेरो माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल नियुक्त भएका छन्।
यसअघि संघको कोषाध्यक्ष रहेका दाहाल आज (कात्तिक ३ गते) सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा नियुक्त भएका हुन ।
त्यस्तै संघको कोषाध्यक्षमा स्वावलम्वन लघुवित्तको सीईओ भोजराज बस्याल नियुक्त भएका छन भने सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेमबहादुर पाठक, समता लघुवित्तका डा. मदन घिमिरे, गणपति लघुवित्तका अच्युत सापकोटा नियुक्त भएका छन ।
भर्चुअल माध्यमबाट भएको सभालाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंकर संघका अध्यक्ष भुवन दाहाललगाएतले सम्बोधन गरेका थिए ।
लघुवित्त संघमा ३ सदस्य खालि रहेकोमा सभाले आज नियुक्त गरेको हो । संघको अध्यक्षमा बसन्त लम्साल रहेका छन । संघको ११ सदस्यीय कार्यसमिति सदस्यीय कार्यसमिति रहेको छ । मर्जरको कारण संघमा आवद्ध लघुवित्तको संख्या ८६ रहेको छ ।