२०८१ असोज १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना परीक्षण र उपचार खर्चे आफ्नैले गर्नुपर्ने

कोरोना परीक्षण र उपचार खर्चे आफ्नैले गर्नुपर्ने


काठमाडौँ । सरकारले अबदेखि कोरोनाको परीक्षण र संक्रमण पुष्टिपछि लाग्ने उपचार खर्चे आफ्नैले गर्नुपर्ने भनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका हुन् । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए ।

संक्रमितकुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए । अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था कात्तिक २ गतेदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले जानकारी दिए ।

गौतमले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निणर्य बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे । सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा यो निणर्य लागू हुने उनले बताए ।

सबै निजी र सहकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुले कम्तीमा ५० प्रतिशत सबै किसिमका शय्या, आईसीयू लगायतका पूर्वाधारहरु कोभिड १९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ ।

यस्तै पछिल्लो ३ दिन कुनै पनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएकाहरु ७ दिन होम आइसोलेसनमा बस्ने सुनिश्चितता गर्नु पर्ने व्यवस्था गर्ने निणर्य भएको समेत प्रवक्ता गौतमले बताएका छन् ।

कोरोना परीक्षण गर्ने सबै प्रयोगशालाहरुले दसैंको नवमी, दशमी र एकादशीका दिनबाहेक पूणर्रुपमा सञ्चालन गर्नेरगराउने सरकारले निर्देशन दिएको छ । यी तीन दिनहरुमा सबै प्रयोगशालाहरुले परीक्षण चापअनुसार गर्नरगराउनुपर्ने पनि सरकारले भनेको छ


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ