गृहपृष्ठ ∕ समाचार ∕ माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित Karobarpati शनिबार, २०७७ कात्तिक १ गते, २०:०७ मा प्रकाशित काठमाडौं । माछापुच्छ्रे बैंकको असोज ३० गते बसेको संचालक समितिको बैठकले बैंकको यहि कात्तिक ६ गते पोखरामा गर्ने भनिएको २२ औं वार्षिक साधारण सभा स्थगित गर्ने निणर्य गरेको छ। कोरोना महमारी तीव्र गतिमा वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारणसभामा सहभागी हुन कठिन हुने भएकाले साधारणसभा हाललाई स्थगित गर्ने निणर्य गरिएको बैंकले जानकारी गराएको छ । साधारणसभा स्थगित भए पनि कोरोना भाइरसको कहरको कारण सेयरधनीलाई परेको आर्थिक प्रभाव आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकको २२ औं वार्षिक साधारणसभाबाट अनुमोदन गराउने गरी बैंकले अन्तरिम लाभांश दिने प्रस्ताव गरेको छ। हाललाई २४ करोड १० लाख ८० हजार ६६० रुपैयाँ अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले अन्तरिम नगद लाभांश वितरण गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निणर्य बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकले सेयरधनीलाई रु.२८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ अर्थात चुक्ता पुँजीको ३.३७ प्रतिशतका दरले नगद लाभांश र ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ अर्थात चुक्ता पुँजीको ७.०३ प्रतिशत बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक