२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशसुदूरपश्चिम प्रदेशसाना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा सम्पन्न


 

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुबनवस्तीको २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा आर्र्थिथक बर्ष २०७९/८० को बार्षिक प्रतिबेदन, आयव्यय र आर्थिक बर्ष २०८०/८१ को प्रस्तावित आयव्यय तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

सहकारीले आर्थिक बर्ष २०७९/८० मा ५ करोड ३४ लाख २१ हजार ३८ रुपैँया आम्दानी गरेको छ । भने ४ करोड ४२ लाख ६९ हजार १ सय ३४ रुपैँया खर्च देखाउँदा सहकारीले ९१ लाख ५१ हजार ९ सय ४ रुपैयाँ खुद नाफा कमाएका प्रतिवेदन संस्थाकी अध्यक्ष दिना निरौलाले प्रस्तुत गर्नुभएको थियो ।

यस्तै आर्थिक बर्ष २०८०/८१ को प्रस्तावित आय तर्फ ६ करोड १४ लाख ६७ हजार, व्यय तर्फ ४ करोड ६७ लाख ६५ हजार र खुद नाफा तर्फ १ करोड ३८ लाख २ हजार रुपैँयाको लक्ष्यका साथ आफुहरुले काम गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी सहकारीले आर्थिक बर्ष २०८०/८१ मा ६० बर्ष माथीका शेयर सदस्यहरुलाई तिर्थस्थलको भ्रमण गराउने र अन्तर समुह स्तरीय गोष्ठी, अनिवार्य पशु बिमा, सहकारी अभिमुखीकरण तालीम, वित्तिय साक्षरता तालीम, बेमौसमी तरकारी खेती र पशु संरक्षण तथा पशु स्वास्थ्य तालीम गर्ने योजना बनाएको छ ।

कार्यक्रममा उत्कृष्ट उद्योगी,ब्यवसायी,शेयर सदस्यहरुलाई सम्मान संगै एकजना शेयर सदस्यको छोरालाई संस्थाले जेटीए भेटनरी अध्ययन गराइरहेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नंम्वर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले साना किसान कृषि सहकारीले यस क्षेत्रमा रहेका साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जिवनस्तर सुधार गर्नमा महत्वपुणर् भूमिका खेलि रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउनका लागि सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताउनुभयो ।

उहाँले सहकारीमा आबद्ध भएर खाली बचत गर्ने र ऋिण लिने नगरी भबिष्यका लागि सोचेर केहि नयाँ कामको थालनी गर्नुपर्ने बताउनुभयो । सहकारी किसानहरुको खेती जस्तो रहेको हुदा आफ्नो खेतीको हेरचाँह पनि आफैले गर्नुपर्ने भन्दै उहाँले शेयर सदस्यहरुलाई आफुले गरेको लगानी बारेमा सदैब चनाखो हुन आग्रह गर्नुभयो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ