२०८१ कात्तिक २७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशहुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

हुम्ला अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द


हुम्ला – हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

जिल्ला स्वास्थ सुरक्षा समितीको बैठककाे निर्णयअनुसार  जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

 


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #जिल्ला अस्पताल हुम्ला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ