२०८१ मंसीर २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशहैजा सम्बन्धी समस्या आए ११८० मा फोन गर्नुस्

हैजा सम्बन्धी समस्या आए ११८० मा फोन गर्नुस्


काठमाडौँ । हैजा सम्बन्धी कुनै समस्याका लागि काठमाडौँ महानगरपालिकाले २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन ल्याएको छ । हैजा सम्बन्धी समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन काठमाडौं महानगरपालिकाले  नगरवासीलाइ अपिल गरेको छ ।

मेयर बालेन शाहले महानगरवासीको जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने  बताए । त्यस्तै,उनले जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको जानकारी दिए । उनले नगरवासीले पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न आग्रह गरे ।

महानगरले हैजा रोकथाम तथा नियन्त्रणका लागि महानगरले एक सातामा सम्म नगरवासीलाई सचेतना गराउन प्रत्येक वडामा माइकिङ् गदैछ ।विद्यार्थीहरुलाई हैजा रोकथामका विषयमा सचेत गराउन शिक्षा विभागमार्फत विद्यालयहरुमा जानकारीमुलक कार्यक्रम हुने महानगरको स्वास्थ्य विभागले जानकारी गराएको छ ।

त्यस्तै,कामपा स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठले ‘महानगरपलिकाले सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुलाई जीवन जल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको बताए । उनले विरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाएको जानकारी गराए ।

महानगरले होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न समेत काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।


क्याटेगोरी : समाज, बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ