२०८० फागुन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौं महानगरले कोभिड-१९ प्रभावित करदातालाई विशेष छुट दिने

काठमाडौं महानगरले कोभिड-१९ प्रभावित करदातालाई विशेष छुट दिने

२५ हजारसम्म रकम छुटकाे व्यवस्था


काठमाडौँ । काठमाडौँ महानगरपालिका करदाताले विशेष कर छुट पाउने भएका छन् ।

कोभिड-१९ को महामारीबाट प्रभावित महानगरका करदाताले कमानपाको आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कर छुट व्यवस्था अनुसार कर छुट पाउने भएका छन् ।

“यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा रु २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ”, नीतिमा उल्लेख छ ।
त्यस्तै, “कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड-१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक- निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट/सहुलियत दिइनेछ ।” जनाएको छ ।

कोभिड-१९ बाट प्रभावित व्यवसाय (जस्तै होटल, पर्यटनलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ