२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकाठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न

काठमाडौं महानगरले प्रत्येक वडामा एक खोप केन्द्र संञ्चालन गर्न


काठमाडौं । काठमाडाैं  महानगरपादलिकाले कोभिडविरुद्धको भेरोसेल खोप लगाउन प्रत्येक वडामा एक-एक केन्द्र राख्ने भएको छ ।

 महानगरले स्वास्थ्य मन्त्रालयकाे जेठ १८ गतेकाे निर्णय अनुसार महानगरको शहरी स्वास्थ्य विभाग र स्वास्थ्य कार्यलय काठमाडौंको जेठ २१ गते बसेकाे  संयुक्त बैठकबाट यहि जेठ २५ गते देखि कोभिड–१९विरुद्धको  खाेप कार्यत्रम अन्तर्गत   ६० देखि ६५ बर्ष उमेरसमुहका ज्येष्ठ नागरिकलाई भेरोसेल  पहिलो मात्राकाे खाेप लगाउन महानगरको प्रत्येक वडामा एक-एक खोप केन्द्र सञ्चालन गर्ने निणर्य गरेको जनाएकाे छ  ।

त्यस्तै, महानगरले सवै वडाहरुमा रहेको वडा खोप समन्वय समितिको निणर्यबाट उपयुक्त खोप केन्द्रको स्थान तोकेर खोप केन्द्रको नाम महानगरको शहरी स्वास्थ्य विभाग जनाकारी गराउन निर्देशन दिएकाे छ ।

 


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ