गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट Karobarpati बिहीबार, २०७९ भदौ १६ गते, ०९:३० मा प्रकाशित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क,ई.के.वाई.सी। तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा एक हजार क्यासब्याक ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन