गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनमा १०% सम्मको आकर्षक छुट Karobarpati बिहीबार, २०७९ भदौ १६ गते, ०९:३० मा प्रकाशित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क,ई.के.वाई.सी। तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमा फोन गरी तथा [email protected] मा ईमेल गरी प्राप्त गर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो ललितपुर प्रशासनले राष्ट्रिय परिचयपत्रमा सुरु गर्यो ‘टाइम कार्ड’ नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो