२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशविराटनगर कांग्रेस सभापतिमा दिपक चापागाईं विजयी

विराटनगर कांग्रेस सभापतिमा दिपक चापागाईं विजयी


 

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरमा दिपक चापागाईं सभापति पदमा बिजय भएका छन ।

आइतबार विहान  सार्वजनिक विराटनगर महानगरसमितिको अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित विजयी बनेका छन । उनका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे ।

त्यस्तै, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका थिए । विजेता चापागाईं केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला पक्षका हुन भने पराजित न्यौपाने पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन ।

महानगर सभापतिका लागि कोइराला समूहका तीन जना आकांक्षी चुनावी प्रतिष्पर्धामा गएका थिए ।एउटै समूहका तीन जना सभापतिमा भिड्ने भएपछि पार्टी सभापति देउवा समूहले एकल उम्मेद्वारी दिएको थियो ।

यसैगरी , महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन । सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी बनेका छन् ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ