२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेशकोशी प्रदेशप्रदेश नं १ मा ३ सय ८७ जनामा कोरोना सक्रमण पुष्टि

प्रदेश नं १ मा ३ सय ८७ जनामा कोरोना सक्रमण पुष्टि


विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३ सय ८७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

१ हजारमा ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना सक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८ जना , धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश बाहिरका ३ जनामा सक्रमण पुष्टि भएको हो ।

प्रदेशमा आजै ३ सय ९३ जना कोरोना सक्रमणमुक्त भएका छन् । सक्रमणमुक्त हुनेमा १ सय ९३ महिला र २ सय जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सक्रमणबाट ३ महिलासहित ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : कोशी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ