गृहपृष्ठ ∕ प्रदेश ∕ कोशी प्रदेश ∕ नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न Karobarpati आईतबार, २०७७ फागुन २३ गते, ०७:२२ मा प्रकाशित बिराटनगर । नेरुडे लघुवित्त संस्थाको चौधौं बार्षिक साधारण सभा फागुन २२ गते सम्पन्न भएको छ । साधारण सभा बिराटनगरको उद्योग संगठन मोरङको सभाहलमा संस्थाका अध्यक्ष डा.भेष प्रसाद धमलाको अध्यक्षतामा सम्पन्न भएको हो ।आर्थिक बर्ष २०७६/०७७ को प्रगति विवरण संचालक समितिको तर्फबाट वित्तीय संस्थाका अध्यक्ष धमलाले प्रस्तुत गरेका थिए । यो अवधिमा नेरुडे लघुवित्तीय संस्थाले १३ लाख ९ हजार ८५४ घर परिवारलाई लधुवित्त सेवा दिएको छ । त्यसैगरी संस्थाका शाखा उप शाखा मार्फत ८५ हजार १५३ ऋणी सदस्यलाई ५ अर्ब ४८ करोड कर्जा लगनी गर्न सफल भएको र २ अर्ब १८ करोड बचत संकलन गर्न पनि नेरुडे लघुवित्त सफल भएको छ । सस्थाले सम्पुर्ण वित्तीय कारोबार समावेश पछीको संस्थाको खुद मुनाफा ४ करोड ६९ लाख ५१ हजार ४ सय ६९ र २९ पैसा आर्जन गरेको अध्यक्षले जानकारी गराए । संस्थाले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ८े प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत वितरण गर्ने निर्णय साधारण सभाले पारित गरेको छ । बोनस वितरण पछिका संस्थाको चुक्ता पुँजी ४९ करोड ३८ लाख ७७ हजार पुग्ने छ । साधारण सभाले संस्थाका सस्थापक सेयरधनीहरुबाट मणि कुमार अज्र्याललाइ संचालकमा निर्विरोध चयन गरको छ । राष्ट्रीय स्तरको यस संस्थाको ३१ जिल्लामा ९२ शाखा र उप शाखाहरु रहेको छ । क्याटेगोरी : कोशी प्रदेश ट्याग : #नेरुडे लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको परामर्शदाता छनौट, भयो ठेक्का… मोरङमा सुरू भयो बायोग्यास उत्पादन ‘विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूकको उत्पादन ठप्प’ स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ ट्रेड एक्स्पोमा करोबार बढ्यो शिवम् अर्गनाइजेशनले विराटनगरमा २ अर्ब ५० करोड लगानीमा अस्पताल खोल्दैं धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार ज्योतिलाईफले ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?