२०८२ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसन् १९५० को सन्धि पुनरावलोकन हुन आवश्यक : प्रचण्ड

सन् १९५० को सन्धि पुनरावलोकन हुन आवश्यक : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भारतबीच सन् १९५०मा भएको सन्धि पुनरावलोकन गर्नुपर्ने बताएको छ ।

तीन दिने भारत भ्रमणमा रहेका प्रचण्डले फाउण्डेशन फर पब्लिक अवारनेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै कुटनीतिक संवादमार्फत दुई मुलुकबीच देखिएका समस्या समाधान गरेर जानुपर्ने बताएका हुन्।

उनले सन् १९५० को सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताए । नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ बलियो बनाउने गरी अघि बढ्नुपर्ने पनि स्पष्ट पारे।

नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गरे । साथै अबको दिनमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए।

भारतसँग आग्रह गर्दै भन्ने नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन आवश्यक रहेको छ । नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर भारतले समेत उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाल भारतबीच सन् १९५० सन्धि, #प्रचण्ड


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ