२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिबुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित 

बुढीगंगा प्रमुख र उपप्रमुखमै एमाले निर्वाचित 


बाजुरा  – बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

एमालेका बानियाँले ४ हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले ३ हजार ७७४ मत पाएर पराजित भए । खातीलाई १ हजार ३ मतले पछि  पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले ४ हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

बुढीगंगामा ९ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ