२०८१ मंसीर २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकुनैपनि कर्मचारीमाथी हातपात र दुर्व्यवहार गरिएको छैन : मन्त्री आले

कुनैपनि कर्मचारीमाथी हातपात र दुर्व्यवहार गरिएको छैन : मन्त्री आले


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कुनैपनि कर्मचारीमाथी हातपात तथा दुर्व्यवहार नगरेको बताएका छन्।
मन्त्री आलेले प्रेस विज्ञप्ति जारी गदै विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई खण्डन गदैं आफुले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।

समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन। यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ,’ आलेले भनेका छन्।

 

 


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ