बिराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगरको संयोजकमा बिज्ञान शर्मा चापागाई र सह — संयोजकमा अनोजराज थापा चयन भएका छन ।
महासंघको महानगर कमिटीको आज सम्पन्न बिस्तारित बैठकले महानगरको संयोजकमा बिज्ञान शर्मा चापागाई र सह संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गर्नुका साथै ५१ सदस्यीय आयोजक कमिटी गठन गरी १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह संयोजक तोकेको छ।
असार १८ गते नेपाल खेलकुद पत्रकार दिवसको अवसर पारेर प्रथम महानगर भेला हुने र भेलाबाट पुणर् कमिटी निर्माण हुने महानगर संयोजक बिज्ञान शर्मा चापागाईले बताए ।
कार्यक्रमको अध्यक्षता महासंघका स्थाई कमिटी सदस्य तथा महानगर ईन्चार्ज बासु नेपालले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य तथा महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत रहेका थिए ।
स्थानीय निकायको निर्वाचन २०७९ मा महासंघ प्रदेश सचिव जितन थापा महानगर वडा न ४ को वडा अध्यक्षमा निर्वाचित भएकोमा सम्मान तथा शुभकामना प्रदा गरिएको थियो ।
वडा अध्यक्ष थापाले आउदो बजेटमा वडा तर्फबाट न्युनतम रु ५ लाख बजेट खेलकुदलाई छुट्टाउने प्रतिबद्धता गरे ।
त्यस्तै, महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेतले नेपाल खेलकुद महासंघ खेलाडी र खेलकर्मीको साझा संस्था रहेको र यसले खेलाडी उत्पादन, खेलकुद गतिविधिको आयोजना र खेलक्षेत्रलाई आवस्यक नीति निर्माण गर्ने कुराको पहलकदम लिने संस्था रहेको बताए ।
नेकपा एमाले पार्टीको नारा बमोजिम नेपाल खेलकुद महासङ खेलक्षेत्रको माध्यमबाट समृद्ध नेपाल सुखी नेपाली बनाउने महा अभियानको अभियन्ता रहेको बताए ।
उक्त कार्यक्रममा नेपाल खेलकुद महासंघ स्थाई कमिटी सदस्य तथा प्रदेश १ ईन्चार्ज सन्तोस वान्तवाले महासंघको ईतिहास र यसको भुमिकाका बिषयमा भनाई राखेका थिए ।