२०८२ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिमहानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै एमाले

महानगर र उपमहानगरको उम्मेदवार टुङ्गो लगाउँदै एमाले


काठमाडौं – नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो आज लगाउँदै छ । भोलि मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुङ्गो लगाउने भएको हो ।

एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाउन सहज छ । किनभने यी तीन महानगरपालिकाको प्रमुख पदमा एक/एक जना उम्मेदवार सिफारिस भएका छन्  ।

ललितपुरबाट हरिकृष्ण ब्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको हो ।

उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

अरु तीन महानगरपालिका काठमाडौं, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।

उम्मेदवार टुङ्गो लगाउन सहज पुग्नेगरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने गुरुङको भनाइ छ । यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ