२०८२ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : केपी ओली

कांग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : केपी ओली


काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले कांग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि कांग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताएका हुन् ।

‘नेपाली कांग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो । २००७ सालमा कांग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा,’ ओलीले भने ।

तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको ओलीको भनाइ छ ।

तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढंगले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा बगाउने अध्यक्ष ओलीले बताए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ