२०८१ मंसीर १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिनेकपाको सचिवालय बैंठक आइतबार बस्ने

नेकपाको सचिवालय बैंठक आइतबार बस्ने


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारलाई तय भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच समझदारीमा बैंठक स्थगित भएको बताइएको थियो ।

नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार आइतबार अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।“भोलिको लागि खबर भएको छ । आइतबार अपराह्न ४ बजे बैठक बस्नेछ,” उनले भने ।

भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् ।

नेकपामा केन्द्रीय सदस्यलगायत पूणर्कालीन कार्यकर्तालाई तबल दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा र सरकारले गरेका राजनीतिक नियुक्तिबारे छलफल गर्ने बैठक बोलाइएको थियो ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ