२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव, संस्थापन पक्षबाट चुनाव लडेका थिए

कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव, संस्थापन पक्षबाट चुनाव लडेका थिए


 

जनकपुर- नेपाली कांग्रेस प्रदेश २  सभापतिमा कृष्ण यादव विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लडेका उनले रामसरोज यादवलाई हराएका हुन् ।

कूल १८८१ मत खसेकामा कृष्णले ९ सय ९६ मत पाए । रामसरोजले ८ सय ५५ मत मात्र ल्याए । २८ मत बदर भएकाे छ ।

रामसरोज विमलेन्द्र निधि पक्षका हुन् । उनलाई शेखर कोइराला पक्षले पनि साथ दिएकाे थियाे ।

बाँकी पदाधिकारीको मतगणना आजबाट सुरु हुने निर्वाचन समितिले जानकारी दिएकाे छ ।

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसक्दा प्रदेश २ को अधिवेशन विवादका कारण रोकिएको थियो । बिहीबार मतदान भएको  थियाे ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ