काठमाडौं – नेपाली कांग्रेस सभापतिका लागि भएकाे चुनावकाे मतगणना अन्तिम चरणमा पुगेकाे छ । नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका लागि कुल ४ हजार ६७९ मत खसेकामा ४ हजार २७८ मत गणना भएको छ ।
निर्वाचन समितिका अनुसार शेरबहादुर देउवाले २ हजार ४६ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले १ हजार ५६८ मत पाएका छन् । यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत पाएका छन् ।
कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । ५० प्रतिशत मत नकटेमा दोस्रो चरणमा चुनाव हुनेछ ।