काठमाडौं – नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।
हालसम्म २ हजार ६ सय मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १०५१ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७९३ मत पाउँदा प्रकाशमान सिंहको २०४, विमलेन्द्र निधिको १७४ र कल्याण गुरुङले १० मत छ ।
सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।