२०८२ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिसभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला,  कसकाे कति मत ?

सभापतिमा देउवाकाे अग्रता, पछ्याउँदै काेइराला,  कसकाे कति मत ?


 

काठमाडौं   – नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।  हालसम्म १ हजार ४०५ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ६७८ मत ल्याएका छन् ।

उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ५२० मत पाउँदा प्रकाशमान सिंहको १०७, विमलेन्द्र निधिको ७६ र कल्याण गुरुङले ५ मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ