काठमाडौं – नेपालीको कांग्रेसको सभापतिका मतगणना सुरु भएको छ । १४औं महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना साढे चार बजेबाट सुरु भएको थियो । प्रारम्भिक मतपरिणाममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
२५० मत गनिसक्दा देउवाले १३२ मत प्राप्त गरेका छन् । त्यसैगरी शेखर कोइरालाले ८१ मत, प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले १ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ । सभापति हुन खसेको मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ । ४७४३ प्रतिनिधि रहेको कांग्रेसमा चार हजार ६८० मत खसेको थियो ।