२०७९ चैत्र २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिदेउवाले प्रतिनिधिलाई भने- मलाई यसपटक जिताइदिनुस्

देउवाले प्रतिनिधिलाई भने- मलाई यसपटक जिताइदिनुस्


 

काठमाडौं  – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबारबाट सुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् ।

उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले जित्नु पर्ने बताएका हुन् ।

कांग्रेसको सरकार रहिरहे स्थानीय सरकार आफ्नै हुने उनको भनाइ थियो। ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ। राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यसपटक जिताइदिनुस्।’


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ