२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठराजनीतितत्काल समस्या सम्बोधन गर्न बिधुत प्राधिकारणलाई ऊर्जामन्त्रीको निर्देशन

तत्काल समस्या सम्बोधन गर्न बिधुत प्राधिकारणलाई ऊर्जामन्त्रीको निर्देशन


काठमाडौं । केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्।

मन्त्री पुनले बिहिबार मन्त्रालयमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन्।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूणर् अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन भनेका छन्।

‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकको गुनासा तत्काल सम्बोधन गर्नु, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं।’
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा दिए।

‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन्।’

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको बताएका छन्। उनले कोभिड-१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए।

मन्त्री पुनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिएका छन्। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए।

उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट पारे। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने बताए।

 

‘लललितपुरको खोकना र काठमाडौंको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भने, ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ