२०८१ जेठ १३, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी

ललितपुर कांग्रेस सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी


काठमाडौं – नेपाली कांग्रेस ललितपुर सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतान्तरले पराजित गरेका हुन् ।

आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन् ।

श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो । चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिएका थिए ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ