२०८० असोज ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिकांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु

कांग्रेस ललितपुर सभापतिमा तीन जना प्रतिस्पर्धामा, मतदान सुरु


 ललितपुर –नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए ।

दिउँसो साढे २ बजेसम्म मतदानकाे समयसीमा ताेकिएकाे छ । सभापतिका लागि रामकृष्ण चित्रकार, मिनकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् ।  मतदान अधिकृत सुरेश घिमिरेका अनुसार उपसभापतिमा कर्म व्यञ्जनकार,खोमप्रसाद घिमिरे, गजेन्द्र महर्जन र सुदर्शन घिमिरेको उम्मेदवारी परेको छ ।

सचिवमा अमिर बज्राचार्य,कृष्णभक्त महर्जन,राजनप्रसाद घिमिरे, वशिष्टप्रसाद अधिकारी र विष्णुप्रसाद तिमल्सिना प्रतिस्पर्धामा छन् । सहसचिवमा अमृतबहादुर महर्जन,ऋषिदेव फूयाँल, गणेश केसी र नवीन्द्रदेव सिंहकाे उमम्देवारी छ ।


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ