२०८१ असोज २०, आईतबार
Health Aawaj logo
गृहपृष्ठराजनीतिएमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

एमालेको बन्दसत्र बिहान १० बजे, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने


 

काठमाडौं – नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ ।

नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भोलि बिहान १० बजे बन्दसत्र उदघाटन हुने बताए ।

‘भोलि १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ,’ भट्टराईले केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग भने ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् ।

बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ । बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

Avatar


क्याटेगोरी : राजनीति



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ