गृहपृष्ठ ∕ राजनीति ∕ गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित Karobarpati मंगलबार, २०७८ मंसीर ७ गते, १३:१८ मा प्रकाशित नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । कंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन् । त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन् । ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे । सचिव पदनमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए । सभापति र सहसचिवबाहेकका पदमा भने निर्वाचन भएको थियो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए । सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए । सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन