गृहपृष्ठ ∕ राजनीति ∕ गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित गुल्मी क्षेत्र न १ को सभापतिमा ढकाल र २ मा महत निर्वाचित Karobarpati मंगलबार, २०७८ मंसीर ७ गते, १३:१८ मा प्रकाशित नेपाली कांग्रेस गुल्मीको क्षेत्रीय अधिवेशन सकिएको छ । दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को सभापतिमा पारिश्वर ढकाल निर्वाचित भएका छन् । ढकालले निकटतम प्रतिस्पर्धी मुक्ति कंडेललाई ठूलो मतान्तरले पराजित गरेका छन् । निर्वाचनमा कुल खसेको ९३२ मतमा ढकालले ६२७ मत प्राप्त गरे । कंडेलले जम्मा २६५ मत प्राप्त गरेका हुन् । त्यस्तै माधवप्रसाद ढकाल र मार्काण्ड भण्डारी सचिव पदमा निर्वाचित भएका छन् । ढकालले ४६१ र भण्डारीले ४२३ मत प्राप्त गरे । सचिव पदनमा निकटतम प्रतिस्पर्धी घनश्याम न्यौपानेले ४१३ र कमल भुसालले २८९ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्बर १ कै सहसचिवमा मधुसुदन ज्ञवालीले ४४९ र डिल्लीराज पाण्डेले ३९० मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा चन्द्रबहादुर महत सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिमा महत र शिव केसीले उमेद्वारीको घोषणा गरेका थिए । सभापति र सहसचिवबाहेकका पदमा भने निर्वाचन भएको थियो । सचिवमा लालमणि भण्डारी र अनिल बस्नेत निर्वाचित भएका छन् । भण्डारीले ४५८ र बस्नेतले २९३ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक भिम न्यौपानेले जानकारी दिए । सचिव पदका निकटतम प्रतिस्पर्धी रेशम कुँवरले २९१ र भिमबहादुर पाण्डेले २८५ मत प्राप्त गरेका थिए । सहसचिवमा कृष्णप्रसाद पाण्डे र अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै खुल्ला सदस्यमा कमल कुँवर, रामप्रसाद घिमिरे र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति