गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, १४:३९ मा प्रकाशित बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् । गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ । गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए । ‘संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत आउने’ संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए । राजनैतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसदमा ऐन गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए । निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरे पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनले बताए । श्रेष्ठले भने, ‘मेरो पहिलो प्राथमिकता मन्त्रालयको पुर्नसंरचना नै हो । कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहमा ठुलो समस्या भइरहेको छ । ऐन बन्न नसक्दा अहिले प्रशासनीक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेत्रमा ६० प्रतिशत कर्मचारी अभाव छ ।’ अध्यादेशपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुने मन्त्री श्रेष्ठले बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट वोमी र सूर्योदय लघुवित्त मर्ज हुन राष्ट्र बैंकले दियो सहमति प्राइम कमर्सियल बैंकको लाभांश घोषणा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा