गृहपृष्ठ ∕ राजनीति ∕ गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ गठबन्धन चुनावसम्म रहन्छ : सामान्य प्रशासनमन्त्री श्रेष्ठ Karobarpati शनिबार, २०७८ मंसीर ४ गते, १४:३९ मा प्रकाशित बिराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन चुनावसम्मै रहने बताएका छन् । संखुवासभा सदरमुकाम खाँदबारीमा जनता समाजवादी पार्टी (जसपा)ले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले अहिले सरकारमा रहेको पार्टीहरूको गठबन्धन चुनावसम्मै रहने बताएका हुन् । गठबन्धनलाई उच्च स्तरीय संयन्त्र बनाएर चुनावसम्म सँगै जाने मन्त्री श्रेष्ठको भनाइ छ । अहिलेको स्थितिमा गठबन्धन चुनावसम्मै जानु पर्न अवस्था रहेको उनको भनाइ छ । गठबन्धन सरकारले साझा नीति कार्यक्रम, मन्त्रीहरूको आचार संहिता बनाउँदै काम गरिहेको स्मरण समेत मन्त्री श्रेष्ठ गराए । तत्कालिन अवस्थामा नेकपा एमालेसँग चुनावी तालमेल हुने अवस्था नभएका कारण गठबन्धन चुनावसम्म जाने मन्त्री श्रेष्ठले बताए । ‘संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत आउने’ संघीय निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताए । राजनैतिक गतिरोधका कारण राज्य व्यवस्था समितिबाट पास भएर संसदमा ऐन गएको लामो समयसम्म पनि अघि बढ्न नसेको मन्त्री श्रेष्ठले बताए । निजामती ऐन संसदमै छलफल गरेर ल्याउन पटक पटक प्रयास गरे पनि दलहरूको खिचातानीका कारण सम्भव नभएको उनले बताए । श्रेष्ठले भने, ‘मेरो पहिलो प्राथमिकता मन्त्रालयको पुर्नसंरचना नै हो । कर्मचारी अभाव हुँदा प्रदेश तथा स्थानीय तहमा ठुलो समस्या भइरहेको छ । ऐन बन्न नसक्दा अहिले प्रशासनीक क्षेत्रमा ४० प्रतिशत र प्राविधिक क्षेत्रमा ६० प्रतिशत कर्मचारी अभाव छ ।’ अध्यादेशपछि कर्मचारीभित्र देखिएका गतिरोध अन्त्य हुने मन्त्री श्रेष्ठले बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा घट्यो मंहँगी मोरङमा सुरू भयो बायोग्यास उत्पादन